गृहपृष्ठ कांग्रेसको नाराबाजीपछि प्रदेश ७ को प्रदेश सभा बैठक स्थगित
कांग्रेसको नाराबाजीपछि प्रदेश ७ को प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षी दल नेपाली कांग्रेको अवरोधका कारण प्रदेश ७ को प्रदेश सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान साढे ११ बजे बैठक सुरु भए लगत्तै कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख अर्जुनबहादुर थापाले १ बजेसम्मको लागि स्थगित गरेका थिए । तर, एक बजेपछि पनि बैठक बस्न सकेको छैन ।
वैठकमा प्रदेशको नाम र राजधानीका विषयमा मतदानको कार्यक्रम राखिएको थियो । कांग्रेसको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै गर्न पाएन । प्रदेशको राजधानी र नामाकरणका विषयमा कांग्रेसले एउटा प्रस्ताव दर्ता गरेको छ ।
प्रदेश सभा सदस्य डिल्लीराज पन्त प्रस्तापक र कुमारीनन्दा बम समर्थक रहेर कांग्रेसले एउटा संसोधन प्रस्ताव दर्ता गरेको थियो। उनीहरुले राजधानी धनगढी र नाम सुदूरपश्चिम राख्न संसोधन प्रस्ताव राखेका हुन् ।
संसदीय समितिले प्रदेशको राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने प्रस्ताव संसदमा पेश गरेको थियो । सो प्रस्ताव संसदमा पेश भएपछि धनगढीबासी आन्दोलित भएका छन् ।
प्रकाशित समय : १९:०३ बजे


















