global ime bank Long Banner Ad

गृहपृष्ठ शरणार्थी समस्या हल र सार्कको पुनर्जीवन अावश्यक : प्रधानमन्त्री अाेली

शरणार्थी समस्या हल र सार्कको पुनर्जीवन अावश्यक : प्रधानमन्त्री अाेली

शरणार्थी समस्या हल र सार्कको पुनर्जीवन अावश्यक : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बाेधन गरेका छन् ।

संवोधनका क्रममा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली सहयोग संगठन सार्क र शरणार्थी समस्या उठान गरेका छन् । नेपालमा रहेका विदेशी शरणार्थीलाई स्वदेश फर्काउन पहल गरिदिन ओलीले राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसामु आग्रह गरे । नेपालले मानवताका आधारमा शरणार्थीलाई आश्रय दिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालको परराष्ट्र नीतिले कसैसंग दुष्मनी नराखी हातेमालो गर्दै अघि बढ्ने भएकाले अन्तर्राष्ट्रिय मुद्दामा निष्पक्ष बोल्ने गरेको स्पष्ट पारेका छन् । भर्खरै मात्र बिमस्टेक सम्मेलन सम्पन्न पारेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले दक्षिण एसियामा महत्वपूर्ण भूमिका रहने सार्कलाई पूर्नजीवन दिन आवश्यक रहेको बताए ।

स्थिरताको दाबी
प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तन र विभिन्न कालखण्डका राजनीतिक संक्रमणको अन्त्य विश्वकै लागि उदाहरण भएको बताए ।

महासभामा संवोधनका क्रममा ओलीले दुई तीहाइ बलको सरकार आफूले नेतृत्व गरेको र संविधानले जनतालाई दिएको अधिकार र स्वतन्त्रताअनुसार अघि बढ्ने बताए ।

‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
ओलीले कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सुधारका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराबाट अघि बढेको उल्लेख गरे ।

शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका, आवधिक निर्वाचन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व नेपालको संविधानको मुख्य विशेषता भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायले दिएको सहयोगका लागि कृतज्ञता प्रकट गरेका छन्

महाधिवेशन सत्रको सफलताका लागि बुद्ध र सगरमाथाको भूमिबाट शुभकामना ल्याएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु