गृहपृष्ठ भारतमा फेरि बढ्यो इन्धनको मूल्य
भारतमा फेरि बढ्यो इन्धनको मूल्य
भारतमा इन्धनको मूल्य फेरि बढेको छ । पेट्रोलमा प्रतिलिटर २२ पैसा र डीजलमा १८ पैसा मूल्य बढेको हो । योसँगै शुक्रबार दिल्लीमा एक लिटर पेट्रोलको मूल्य ८३.२२ भारु पुगेको छ भने डीजल प्रतिलिटर ७४.४२ पुगेको छ । यता, मुम्बईमा पेट्रोलको मूल्य ९०.५७ भारु प्रतिलिटर र डीजल ७९.०१ भारु प्रतिलिटर पर्न थालेको छ ।
बिहीबारमात्रै दिल्लीमा पेट्रोल मूल्य ८३ भारु पुगेको थियो भने डीजलको मूल्य ७४.२४ थियो । मुम्बईमा पनि बिहीबार तेल केही सस्तो थियो । प्रतिलिटर पेट्रोल ९०.३५ भारुमापाउँदा डीजलको मूल्य प्रतिलिटर ७८.८२ पैसा भएको थियो ।
यसअघि दिल्लीमा सोमबार पनि तेलको मूल्य बढेको थियो । सोमबार दिल्लीमा पेट्रोल ११ पैसा प्रतिलिटर र डीजल पाँच पैसा प्रतिलिटिर महंगिएको थियो ।
प्रकाशित समय : १७:३८ बजे



















