global ime bank Long Banner Ad

गृहपृष्ठ नवलपरासीमा दुर्इवटा स्कुटर जुध्दा युवतीको मृत्यु

नवलपरासीमा दुर्इवटा स्कुटर जुध्दा युवतीको मृत्यु

नवलपरासीमा दुर्इवटा स्कुटर जुध्दा युवतीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको गैंडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गैंडाकोट-२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. १८ प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना. ४१ प २६७५ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा ना. ४१ प २६७५ नम्बरको स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

यसैबीच, भदौ २९ गतेदेखि बेपत्ता नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ का ४० वर्षीया धर्वेन्द्रप्रसाद गुप्ता सोमबार मृत फेला परेका छन् । उनी नारायणी नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि चोरमारा स्वाथ्यचौकीमा राखिएको छ ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु