global ime bank Long Banner Ad

गृहपृष्ठ एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए नाइजेरियाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ नाइजेरियाले नाइजेरियाको लेगोसमा रोटरी क्लब लेगोस र महाराष्ट्र मण्डल नाइजेरियासँगको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष जनक बिष्ट,  उपाध्यक्ष वीरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, सचिव अभिषेक सिंह, प्रकाश अर्याल, आस्मा खड्का, भरत रिजाल, सुकमल सरकार, चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत, भीम थापालगायत ८३ जनाले रक्तदान गरेका छन् ।

नाइजेरियामा संघले आयोजना गरेको यो पहिलो रक्दान कार्यक्रम हो । यसअघि मलाबी, युगान्डालगायत अन्य अफ्रिकी मुलुकमा रक्तदान कार्यक्रम आयोजना भइसकेको संघका अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

प्रकाशित समय : १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु