global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित समय : ०५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु