global ime bank Long Banner Ad

गृहपृष्ठ ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनको बिमा सम्झौता

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनको बिमा सम्झौता

ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनको बिमा सम्झौता

काठमाडौंको तिनकुने सुविधानगरमा रहेको ईजी एस्योरेन्स र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ईजी एस्योरेन्सका अध्यक्ष सञ्जित पौडेल र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे ।

सम्झौतापछि ईजी एस्योरेन्सले मोबाइल प्रयोगकर्ताको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा बिमितलार्इ क्षतिपूर्ति प्रदान गरिने छ । त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ ।

ईजी एस्योरेन्सले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताको कुनै पनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा एक लाख रुपैयाँको दुर्घटना बिमासमेत गरेको जनाएको छ ।

मोबाइल ग्राहकले न्यूनतम १५ सयभन्दा माथिका मोबाइलमा यो सेवा लिन सक्नेछन् । न्यूनतम ४९ रूपैयाँ तिरेर एक वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक–फरक हुनेछ ।

यसबाहेक ईजी एस्योरेन्सले कुनैपनि मोबाइल खरिदकर्तालाई कम्पनीले दिनेभन्दा थप मोबाइल तथा सफ्टवेयरमा एक वर्षको अतिरिक्त वारेन्टी प्रदान गर्नेछ ।

यो सेवा उपयोग गर्न चाहने मोबाइल ग्राहकले मोबाइल खरिद गरेको सात दिनभित्र मोबाइल किनेको पसलबाट वा अन्य कुनै मोबाइल पसलबाट सेवा लिन सक्नेछन् भने सात दिनपछि ईजी एस्योरेन्सको आधिकारिक सर्भिस सेन्टरबाट मात्र यो सेवा लिन सकिनेछ । ईजी एस्योरेन्सले मोबाइल फोन एस्योरेन्स सेवा देशभरका आधिकारिक एजेन्टमार्फत प्रदान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु