global ime bank Long Banner Ad

गृहपृष्ठ असोज ६ गते प्रधानमन्त्री ओली अमेरिका जाने

असोज ६ गते प्रधानमन्त्री ओली अमेरिका जाने

असोज ६ गते प्रधानमन्त्री ओली अमेरिका जाने

अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली असोज ६ गते अमेरिका जाने भएका छन् । प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको प्रधानमन्त्री ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी  दिए ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ मंगलबारबाट ७३औं महासभा सुरू भइसकेको छ । संयुक्त राष्ट्रसंघको महासभालार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बोधन असोज ९ गतेबाट सुरू हुनेछ । प्रधानमन्त्री ओलीले असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित समय : १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु