global ime bank Long Banner Ad

गृहपृष्ठ मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमा सम्झौता

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमा सम्झौता

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमा सम्झौता

मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बिमासम्बन्धी सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेहरुको मोबाइल बिमा गराउने लक्ष्यसहित सम्झौतापत्रमा मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरे ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बिमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यसअघि, मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र सुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमाआफ्नो मोबाइलको बिमा गराउन सक्ने विश्वास लिएका छौं,’ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भने । ‘कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर मोबाइल नचल्ने भएमा वा हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ,’ मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले भने ।

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरिद गरी मोबाइलको बिमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमै सेवाग्राहीमाझ लोकप्रिय बनेको मोबाइल प्रोटेक्सन प्लान २५ हजारभन्दा बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।

कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । ब्रान्ड एम्बेसडर नियुक्त भएका हमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवा भएको भन्दै यसबाट आममोबाइल प्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षा गर्न सक्ने बताए ।

राजधानीका चार सयभन्दा बढी मोबाइल आउटलेटबाट मोबाइल किन्दा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बिमा योजनामा सहभागी हुन सकिने मेरो सुरक्षाले जनाएको छ । दसैंपछि राजधानीबाहिरबाट पनि मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानबाट बिमा योजना सुरु हुने कम्पनीले जनाएको छ ।

मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नुपर्ने हुन्छ । साथै, सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बिमा गराउन सक्छन् । यसरी मोबाइलको बिमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिङबाट भुक्तान गर्न सकिन्छ ।

मेरो सुरक्षाले दसैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागी हुनेलाई एक लाख रुपैयाँको निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु