गृहपृष्ठ मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन
मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
runfunc: 0; algolist: 0;
multi-frame: 1;
brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
motionR: 0;
delta:null;
module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (12, 0);aec_lux: 138.30722;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 43;zeissColor: bright;
जनकपुर । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज) विभिन्न नारा लगाउँदै धनुषा जिल्ला अदालत अगाडि सडक अवरुद्ध गर्नुका साथै विरोध प्रदर्शनसमेत गरेका छन् ।
सो क्रममा उनीहरुले ‘मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर’, ’सुदखोरलाई कारबाही गर’, ’अदालतको एकलौटी फैसलाको आधारमा पक्राउ गर्न पाईदैन’, ’अदालत÷प्रहरी÷प्रशासनको दमन बन्द गर’, ’होम्रो माग पूरा गर’, ‘दफा २४९ (क) लागु गर’ लगायतका नारा लगाएका छन् ।
रास्वपा नेतृत्वको सरकार निर्माण भएदेखि मिटरब्याज पीडितहरुमाथि पहिले भन्दा बढि दमन हुन लागेको मिटरब्याजविरुद्ध किसान मजदुर नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहले बताए ।
उनले प्रधानमन्त्री बालेन्द्र शाह जनकपुर आउँदा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने वाचा गरेपनि हालसम्म उल्टै दमन नै भोग्नु परिरहेको सुनाए ।
मिटरब्याजीहरुले १ लाख रकम दिएर तीन लाखको कागज बनाउने गरेको सबैलाई थाहा हुँदाहुँदै अदालतले उनीहरुलाई कारबाही गर्नुको साटो उल्टै पीडितलाई थुन्ने सम्मको आदेश दिनु गलत रहेको अध्यक्ष कुशवाहाको भनाई छ ।
उनले अब पनि सरकारले मिटरब्याज पीडितहरुलाई न्याय नदिए सम्पूर्ण पीडितहरु केन्द्रमा गएर अनिश्तिकालिन आन्दोलन गर्नुको विकल्प नहुने जानकारी दिए ।
अध्यक्ष कुशवाहाका अनुसार देशभर पाँच लाखभन्दा बढी मिटरब्याज पीडितहरु रहेकोमा धनुषामा मात्र ७० हजार भन्दा बढी पीडितहरु रहेका छन् ।
प्रकाशित समय : १९:४१ बजे



















