global ime bank Long Banner Ad

गृहपृष्ठ संविधान दिवस समारोहमा सर्वसाधारणलाई पनि कुर्सी

संविधान दिवस समारोहमा सर्वसाधारणलाई पनि कुर्सी

संविधान दिवस समारोहमा सर्वसाधारणलाई पनि कुर्सी

चौथो संविधान दिवसको औपचारिक कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले तयारी पूरा गरेको छ ।

यस वर्ष सर्वसाधारणले पनि सहजतापूर्वक समारोह हेर्न पाउने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । यसअघिका वर्षमा विशिष्ट व्यक्तिका लागि मात्र बस्ने व्यवस्था मिलाइएको हुन्थ्यो । महानगरका सहप्रवक्ता नवराज ढकालका अनुसार सर्वसाधारणका लागि बस्ने कुर्सी, पिउने पानी, र स्वास्थ्योपचार केन्द्र राखिने छ । तीन हजार सर्वसाधारणका लागि र विशिष्ट व्यक्तिका लागि दुई हजार कुर्सी राखिएको ढकालले जानकारी दिए ।

समारोहमा पुष्पवृष्टि गरिनुका साथै सांस्कृतिक झाँकी प्रदर्शन गरिने बताइएको छ । कार्यक्रम अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ हुनेछन् ।

प्रकाशित समय : २३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु