गृहपृष्ठ नेपालको ९० प्रतिशत बजेट १५-२० जनाको हातमा छ : अध्यक्षका प्रत्यासी सिंह
नेपालको ९० प्रतिशत बजेट १५-२० जनाको हातमा छ : अध्यक्षका प्रत्यासी सिंह
नेपाल निर्माण व्यवसायी महासंघकाे अधिवेसनमा अध्यक्षका प्रत्यासी रहेका रवी सिंहले नेपालकाे बजेटकाे अधिकांश हिस्सा सीमित निर्माण व्यवसायीकाे हातमा रहेकाे टिप्पणी गरेका छन् । सिंहले विकासमा छुट्याइएको बजेटको ९० प्रतिशत हिस्सा १५/२० जना निर्माण व्यवसायीको हातमा रेहेको बताएका छन् ।
महासंघमा अाफ्नाे उम्मेदवारीका सम्बन्धमा जानकारी दिन मंगलबार काठमाडाैंमा अायाेजित पत्रकार सम्मेलनमा सिंहले अाफूले त्यसकाे अन्त्यका लागि उम्मेदवारी दिएकाे बताए । उम्मेदवारीको उद्देश्य प्रष्ट पार्न भन्दै अायाेजित उक्त पत्रकार सम्मेलनमा उनले यस्ताे कडा टिप्पणी गरेका हुन् ।
‘मेरो योजना भनेको १२ हजार निर्माण व्यवसायीलाई समानरुपमा काम पाउने व्यवस्था गर्नु हो,’ अध्यक्षका प्रत्यासी सिंहले भने, ‘यो पटक प्रतिनिधिहरुले आफूलाई जिताउनेमा ढुक्क छु ।’ आफू कुनै पनि पार्टी र वादको पछि नलाग्ने भन्दै सिंहले निर्माण व्यवसायीको हक हित र सम्मान स्थापित गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गरे ।
आफ्ना प्रतिश्पर्धीहरु पार्टी र वादको पछि लागेको दावी गर्दै सिंहले आफूले मात्र निर्माण व्यवसायीको पक्षमा काम गर्न सक्ने उल्लेख गरे ।
निर्माण व्यवासायीहरु को सम्मेलन यही असोज ६ गतेबाट हुँदैछ ।
प्रकाशित समय : २३:२४ बजे



















