global ime bank Long Banner Ad

गृहपृष्ठ विषाक्त रक्सीका कारण मलेसियामा चार नेपालीको मृत्यु

विषाक्त रक्सीका कारण मलेसियामा चार नेपालीको मृत्यु

विषाक्त रक्सीका कारण मलेसियामा चार नेपालीको मृत्यु

विषक्त रक्सीका कारण मलेसियामा चार जना नेपालीको मृत्यु भएको छ । विषाक्त रक्सी खाँदा सात जनाको ज्यान गएकोमा तिमध्ये चार जना नेपाली रहेको जनाइएको छ ।

सोही घटनामा १६ जना बिरामी परेका छन् । ज्यान गुमाउनेमा चार नेपालीसहित एक भारतीय, एक बंगलादेशी र एक मलेसियाका नागरिक छन् । त्यसै गरी बिरामी हुनेमा पनि १३ नेपाली कामदार छन् ।

बिरामी भएकाहरुको मलेसियाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थनीय प्रहरीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहको जनाइएको छ ।

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु