global ime bank Long Banner Ad

गृहपृष्ठ संविधान दिवसको भोलिपल्ट लोकतन्त्र मेला

संविधान दिवसको भोलिपल्ट लोकतन्त्र मेला

संविधान दिवसको भोलिपल्ट लोकतन्त्र मेला

संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा लोकतन्त्र मेला आयोजना हुने भएको छ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिद्वारा आउँदो असोज ४ गतेदेखि ६ गतेसम्म विश्वसम्पदा सूचीमा सूचिकृत हनुमान ढोका दरबारस्थित नासल चोकमा मेला आयोजना हुनेछ ।

‘समावेशी लोकतन्त्र : समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ पहिलो पटक हुने त्यो मेलाले बहुदलीय संस्कृतिको विकास र शमावेसी लोकतन्त्रलाई थप प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।

मेलामा संघीय संसदमा प्रतिनिधित्व गरेका चारै दलको सहकार्य छ । मेलामा डेनमार्क, बेलायत, केन्या, भारत, पाकिस्तानलगायतका देशका सांसदले भाग लिने बताइएको छ ।

मेलाबारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले मेलामा राजनीतिक दलहरुका प्रदर्शनी, संविधान विशेष कक्ष, विविध संस्कृतिका कला तथा खाद्य प्रदर्शनीसमेत रहने जानकारी दिए । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संयुक्तरुपमा मेलाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु