global ime bank Long Banner Ad

गृहपृष्ठ कालिमाटीका थप ५१ स्टल खारेज, २५ वटालाई सफाइ

कालिमाटीका थप ५१ स्टल खारेज, २५ वटालाई सफाइ

कालिमाटीका थप ५१ स्टल खारेज, २५ वटालाई सफाइ

कालिमाटी तरकारी बजारका ५१ स्टल खारेज भएका छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले स्टलहरु खारेज गर्ने निर्णय गरेपछि ती स्टलहरु खारेज भएका हुन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएका १६ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारको ९८ वटा स्टल रातो सूचीमा परेका थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परीसकेका छन् । रातो सूचीमा परेपछि स्पष्टिकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

न्युनतम १० हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको अनुगमनका क्रममा पाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ००:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु