global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युतगृहको कुलो बग्यो, दुई सय घर अन्धकारमा

विद्युतगृहको कुलो बग्यो, दुई सय घर अन्धकारमा

विद्युतगृहको कुलो बग्यो, दुई सय घर अन्धकारमा

पहिरोले विद्युतगृहको कुलो बगाउँदा दुई सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

भोजपुरको दक्षिणी भेगमा रहेका हतुवागढी गाउँपालिका–३ सिन्द्राङको छिरालिङ खोलाको २६ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको कुलो पहिरोले बगाउँदा गाउँ नै अन्धकार बनेको हो ।

गत भदौ २९ गतेको अविरल वर्षाका कारण आएको पहिरोले करीब ५० मिटर कुलो बगाएको स्थानीयवासीको भनाइ छ । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय घोडेटारको प्रहरी टोली त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पहिरोमा कुनै पनि मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु