नयाँ बानेश्वरको संगम मिठाई पसलमा सिल
वि.सं.२०७५ असोज १६ मंगलवार २०:५६
shares

सरकारले नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा सिल गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिए पछि मिठाई पसलको उत्पादन केन्द्र र विक्रीवितरण केन्द्र दुवै सिल गरेको हो ।
मंगलबार अनुगमन टोलीले मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँ बानेश्वरस्थित विक्री वितरण केन्द्र दुबैको अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो । परीक्षणको क्रममा सात वर्षअघिको ‘डेट एक्पायर्ड’ पाउडरको प्रयोग भएको पाइए पछि पसल सिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए । विभागले सो पसललाई खाद्य ऐन अन्तरगत कार्बाही गर्ने बताएको छ ।






















