काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न अभियान चलाउने धार्मिक अगुवाहरूको प्रतिबद्धता

462
shares

सुर्खेत । समाजमा बढ्दो लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय धार्मिक अगुवाहरूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

युनाइटेड मिसन टु नेपाल मेडिलक एण्ड डेभलपमेन्ट ट्रष्टको सहयोगमा वीरेन्द्रनगरमा संचालित आस्था र विकास परियोजना अन्तरगत लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि भएको धार्मिक अगुवाहरुसँगको संवाद कार्यक्रममा यस्तो प्रतिवद्धता जनाइएको हो ।

कार्यक्रममा बोल्दै विभिन्न धर्म तथा सम्प्रदायका अगुवाहरूले लागुऔषध दुर्व्यसनले युवापुस्ताको भविष्य अन्धकार बनाउनुका साथै पारिवारिक र सामाजिक सद्भावमा समेत गम्भीर असर पारिरहेको बताएका छन् ।

उनीहरूले मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थल तथा विभिन्न धार्मिक अनुष्ठान र प्रवचनका क्रममा लागुऔषधका हानि र नैतिक आचरणबारे सचेतना फैलाउने प्रतिबद्धता जनाए ।

वैदिक सनातन धर्मका केन्द्रीय सदस्य तिलक प्रसाद रिजालले युवाहरूलाई कुलतबाट जोगाउन अभिभावकहरूलाई आफ्ना सन्तानको व्यवहारप्रति सचेत रहन प्रेरित गर्नेगरी सचेत बनाउनेगरी लाग्ने बताए ।

उनले विभिन्न धार्मिक कार्यहरुमा यस सम्बन्धि जनचेतना जगाउनेगरी अभियान नै चलाउने प्रतिवद्धता जनाए ।

बौद्ध धर्मका धार्मिक अगुवा राम बहादुर बुढाले पनि लागु औषध दुर्व्यसनीले समाजमा विभिन्न घटनाहरु वृद्धि भइरहेको भन्दै यस्ता घटना हुन नदिन धार्मिक अगुवाहरुको भूमिका धेरै हुने बताए ।

उनले कानुनी कारबाहीले मात्र लागुऔषध नियन्त्रण सम्भव नहुने भन्दै घरपरिवार, समाज र धार्मिक गुरुहरूको संयुक्त प्रयास आवश्यक रहेको भन्दै आफ्‌नो तर्फबाट अभियान चलाउने प्रतिवद्धता जनाए ।

इस्लाम धर्म गुरु आशिष मिया मौलानाले पनि लागु औषध र यसबाट निम्तिने घटनालाई धर्मले पनि राम्रो नगर्ने बताए । उनले युवाहरूलाई कुलतबाट जोगाउन अभिभावकहरूलाई आफ्ना सन्तानको व्यवहारप्रति सचेत रहन प्रेरित गर्ने बताए ।

इसाई समाजका पास्टर प्रेम बहादुर नेपालीले पनि सचेतनामुलक कार्यक्रम गरी लागुऔषध दुर्व्यशनी घटाउन सहयोग पुर्याउने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक दिपक मगरातीले पछिल्लो समय सुर्खेतसहित कर्णालीमा लागु औषध दुर्व्यसनीमा बढ्दो रहेको भन्दै यसको नियन्त्रणको लागि प्रहरीले एक्लैले सम्भव नहुने बताए ।

उनले सबै पक्षको सहयोगमा दुर्व्यशनी नियन्त्रण गर्न सम्भव रहेको भन्दै घरपरिवार, समाज, धार्मिक अगुवा लगायतका सरोकारवालाहरुको सहकार्य आवश्यक रहेको औँल्याए ।

सामाजिक अभियन्ता शर्मिला विसीले राजनीतिक संरक्षण र धार्मिक आस्थाका कारण समेत लागु औषध दुर्व्यशनी बढेको र समाजमा विभिन्न घटनाहरु हुने गरेकाले यतातर्फ सबै सचेत हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा लागु औषध दुर्व्यशनीबाट मुक्त भएका केही व्यक्तीहरुले आफ्‌नो अनुभव समेत सुनाएका थिए ।

संवाद कार्यक्रममा सहभागि नागरिक समाजका अगुवा तथा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले टोल–टोलमा सचेतनामूलक अभियान सञ्चालन गर्न स्थानीय प्रशासन र प्रहरीसँग सहकार्य गरेर अघि बढ्ने सहमति समेत गरेका छन् ।

संवाद कार्यक्रम पत्रकार एवम सामाजिक अभियान्ता गणेश कार्कीले गरेका थिए ।