काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारलाई शिक्षक महासंघकाे ६ दिने अल्टिमेटम

11.15K
shares

विभिन्न २६ सुत्रीय माग पूरा गर्न सरकारलाई नेपाल शिक्षक महासंघले ६ दिनको अल्टिमेटम दिएको छ । राहत शिक्षकलाई दरबन्दीलाई तत्काल स्थायी दरबन्दीमा रुपान्तरण गर्न, सबै किसिमका शिक्षकलाई सहज र सुलभ उपचारको प्रवन्ध गर्न, महिला शिक्षकलाई ६ महिना सुत्केरी विदा कायम गर्नलगायतका २६ बुँदे माग पूरा गर्न महासंघले असोज २१ गतेसम्मको समय दिएको हो ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसअघि सरकारले महासंघसँग गरेका सबै सम्झौता अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग महासंघले राखेको छ । माग सम्बोधनमा चासो नदेखाए असोज २१ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।

महासंघले कम्तीमा दश वर्षसम्म एउटै तह र श्रेणीमा कार्यरत शिक्षकलाई सामूहिक पदोन्नति गर्न र वालबिकासमा कार्यरत शिक्षकका लागि दरबन्दी सिर्जना गरी कम्तीमा प्राथामिक तृतीय श्रेणीको शिक्षक सरह तलब भत्ता दिन पनि माग गरेको छ । सरकारी अनुदानमा कार्यरत सबै शिक्षकलाई समान पोसाकको व्यवस्था गर्न र सबै किसिमका शिक्षकको समस्याको समाधान यथासिघ्र गर्न पनि महासंघको माग छ ।