काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निजगढ विमानस्थल बन्न नदिन षड्यन्त्र भइरहेको छ : कांग्रेस

5.92K
shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दाबी गरेको छ । उसले यस विषयमा सरकारलाई सचेत पनि गराएको छ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दाबी गर्दै सचेत रहन सरकारलाई सुझाव दिएका हुन् ।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको छ, यसतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहान्छु ।’ सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे । विमानस्थल अघि बढाउनका लागि सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाइ गर्न नहुनेमा उनको जोड छ ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले निजगढ विमानस्थल निर्माणसम्बन्धी विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । उनले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा जोड दिए ।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं र तिहारको बीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिईन् ।