आक्रामक बन्दै नेविसंघ, सरकारी वकिलको कार्यालयमा तोडफोड
वि.सं.२०७५ असोज १६ मंगलवार २०:१९
shares

बन्दको अवज्ञा गरेको भन्दै नेपाल विद्यार्थी संघले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेको छ ।
भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेविसंघले बन्दको आह्वान गरेको छ । तर, बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन् । जिल्ला सरकारी वकिल खेमराज भट्टका अनुसार कार्यालयमा काम गरिरहेका चारजना कर्मचारीमाथि पनि हातपात भएको छ ।






















