नेकपा नासिने र सरकार भासिने खतरा : नारायणकाजी श्रेष्ठ
वि.सं.२०७५ असोज १६ मंगलवार १९:५३
shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी र सरकारको कामप्रति अर्को असन्तुष्टि जनाएका छन् । श्रेष्ठले पार्टी माक्र्सवादी सिद्धान्त र चिन्तनबाट विचलित हुँदै गएको भन्दै चिन्ता पनि प्रकट गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता श्रेष्ठले पार्टीभित्र वैचारिक तथा सांस्कृतिक कमजोरी र भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि जनाएका हुन् । पछिल्लो समय पार्टीभित्र मार्कवाद र लेनिनवादको सिद्धान्त र विचारको अध्ययन गर्ने पद्धति कमजोर बन्दै गएको उनको टिप्पणी छ । ‘समयमै बैचारिक बहस नचलाउने हो भने कम्युनिष्ट पार्टी नाममा मात्र सीमित हुने हुने छ,’ उनले भने ।
पार्टीभित्र भ्रष्टाचारविरोधी सांस्कृतिक रुपान्तरणको आन्दोलन अनिवार्य भईसकेको उनले बताए । ‘मेरो गिरोहको वा मेरो गुटको वा मलाई आर्थिक सहयोग गर्ने भ्रष्टाचारीवाहेक अरु बसलाई म सफाय गर्दिन्छु । त्यसरी भ्रष्टाचार विरोधी आन्दोलन हुँदैन । त्यसरी कम्युनिष्ट आन्दोलन चल्दैन । माक्र्सका अनुसार क्रान्तिको पहिलो निशाना आफू हो ।’ उनले भने ।
श्रेष्ठले सरकार काममाभन्दा अमुर्त नारामा सीमित भएको टिप्पणी पनि गरे । दैनिक रुपमा दक्ष युवाहरु विदेशिने क्रम बढ्दै गएको छ,’ उनले भने, ‘अर्मुत नारा दिएर मात्रै क्रान्ति हुँदैन ।’






















