विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ नेपालमा, आधिकारिक वितरक ओम्नी मुभर्स
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १७:०६
shares

काठमाडौं । विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी ग्वाङ्सी लिउगङ मेसिनरी (Guangxi LiuGong Machinery) को लिउगङ (LiuGong) ब्रान्डका निर्माण उपकरणको नेपालका लागि आधिकारिक वितरक ओम्नी मुभर्स प्रा. लि. नियुक्त भएको छ ।
यस सहकार्यअन्तर्गत ओम्नी मुभर्सले नेपालमा लिउगङ ब्रान्डका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स उपलब्ध गराउनेछ । यसले निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्रमा कार्यरत व्यवसायीलाई विश्वस्तरीय निर्माण उपकरणमा सहज पहुँच पुर्याउने अपेक्षा गरिएको छ ।
सन् १९५८ मा चीनको लिउझाउमा स्थापना भएको लिउगङले ह्विल लोडर, एक्स्काभेटर, ब्याकहो लोडर तथा मोटर ग्रेडरलगायत ३० भन्दा बढी उत्पादन शृङ्खलाका निर्माण उपकरण उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन तथा सेवाहरू विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपलब्ध छन् ।
ओम्नी मुभर्स प्रा. लि. ओम्नी (काबरा) ग्रुपअन्तर्गतको कम्पनी हो । नेपालको अटोमोटिभ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव रहेको ग्रुपले व्यावसायिक सवारीसाधन, विद्युतीय मोबिलिटी, निर्माण उपकरण, वित्तीय सेवा, टायर तथा लुब्रिकेन्टलगायत विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आएको छ । ग्रुपसँग BharatBenz, Chery Wanda, Apollo Tyres र Valvoline जस्ता अन्तर्राष्ट्रिय ब्रान्ड आबद्ध छन् ।
लिउगङ र ओम्नी मुभर्सबीचको सहकार्यले नेपालमा आधुनिक निर्माण उपकरणको पहुँच विस्तार गर्नुका साथै भरपर्दो बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोगमार्फत ग्राहकलाई दीर्घकालीन लाभ पुर्याउने विश्वास गरिएको छ ।

























