nmb bank

गृहपृष्ठ एक वर्षमा साढे ११ हजार महिला हिंसाका घटना

एक वर्षमा साढे ११ हजार महिला हिंसाका घटना

एक वर्षमा साढे ११ हजार महिला हिंसाका घटना

नेपालमा आर्थिक वर्ष २०७३/७४ मा साढे ११ हजार महिला हिंसाका घटना भएको पाइएको छ । महिला पुनःस्थापना केन्द्र र ओरेक नेपाल प्रस्तुत गरेको तथ्यांकअनुसार सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/०७४ मा ११ हजार ६ सय २९ महिला हिंसाका घटना भएका हुन् । महिला हिंसामा परेर पनि कयौं घटना घरभन्दा बाहिर ननिस्किने हुँदा यकिन तथ्यांक भने बाहिर आउँदैन ।

आर्थिक वर्ष २०७४२/७४ मा महिला हिंसासम्बन्धी ११ हजार ६ सय २९ मुद्दा दर्ता भएकोमा ६ हजार ८ सय ८२ वटा मिलापत्र भएका छन् भने ५ सय ८२ मुद्दामात्र अदालत गएको स्थानीय तहमा लैंगिङ नीति निर्माणसम्बन्धी कार्यशाला गोष्ठीमा जानकारी दिइयो ।

कार्यक्रमका सहभागीले समाजका सूक्ष्म कुरालाई समेटेर लैंगिक नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्टले लैगिक नीति बनाउन आफूहरु तयार रहेको बताइन् । मानवअधिकारकर्मी रेणुराज राजभण्डारीले लैंगिक रुपमा पछाडि परेको वर्गलाई सरकारले मूल प्रवाहमा नल्याइन्जेलसम्म सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको चाहना पूरा नहुने बताइन् । उनले अब स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले बाहनाबाजी नगरी विशेष लैंगिक नीति निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले स्थानीय तहले अल्मलिने अवस्था नरहेको भन्दै छिटोभन्दा छिटो नीति बनाएर अगाडि बढ्न आग्रह गरे । उनले लैंगिक नीति बनाउँदा सामाजिक परिवेशलाई ध्यान दिइनुपर्ने बताए ।

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु