अजोड इन्स्योरेन्स र ओम हस्पिटलबीच क्यासलेस सेवा सम्झौता
वि.सं.२०७५ पुस ७ शनिवार २३:३०
shares

अजोड इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच नगदरहित (क्यासलेस) उपचार सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बिमालेख लिएका ग्राहकले हस्पिटलमा भर्ना भई उपचार गराउनुपर्ने अवस्थामा ओम हस्पिटलबाट नगदरहित उपचार सेवा पाउनेछन् । अजोड इन्स्योरेन्सले स्वास्थ बिमामा जोड दिएको र आगामी दिनमा पनि धेरैभन्दा धेरै मानिसमा स्वास्थ बिमाबारे सचेतना वृद्धि गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ ।
इन्स्योरेन्सले देशैभरका अस्पतालसँग सम्झौता गर्ने उद्देश्य राखेको जनाएको छ । उपत्यकाबाहिरका अस्पतालमा पनि छिट्टै सम्झौता गर्ने कम्पनीले जनाएको छ ।
























