काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुक्तिनाथ विकास बैंकको शाखा मोरङको उर्लाबारीमा

13.27K
shares

मुक्तिनाथ विकास बैंकले मोरङको उर्लाबारीमा शाखा विस्तार गरेको छ । नयाँ शाखाको उर्लाबारी नगरपालिका प्रमुख खड्गबहादुर फागुले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन गर्दै फागुले बैंकिङ व्यवसाय प्रवर्धनलाई तीव्रता दिन आग्रह गरे ।

मुक्तिनाथ विकास बैंकले देशैभर करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधि एवं व्यापारी व्यवसायीको उपस्थिति रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।