सेञ्चुरी बैंक र सन नेपाल लाइफको इन्स्योरेन्सबीच सम्झौता
वि.सं.२०७५ पुस ७ शनिवार २३:२०
shares

सेञ्चुरी कमर्सियल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायतका सम्पूर्ण बिमा सेवा पाउनेछन् ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गरेका छन् ।
























