काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इपिएलको उपाधि ललितपुरलाई

12.26K
shares

ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । खेल जितेसँगै ललितपुर २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाख पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निधारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो । खेलमा रवि इन्दर सिंह र शरद भेषावकरको विकेट खेलको टर्जिङ प्वाइन्ट रहृयो ।

भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए । ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २–२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरको सुरुवात राम्रो थियो । जयकिसन कोल्सवाला र गौरभ टोमरले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए ।