भोजपुरको बैकुण्ठेमा एनआईसी एशिया बैंकको नयाँ शाखा
वि.सं.२०७५ पुस ७ शनिवार २३:१६
shares

एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको वैकुण्ठेमा खुलेको छ । रामप्रसाद राई गाउँपालिका–६, वैकुण्ठेमा खोलिएको नयाँ शाखाको गाउँपालिका अध्यक्ष विजय राईले उद्घाटन गरेका छन् ।
बैंकले हाल २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २० वटा शाखारहित बैंकिङ ईकाइबाट सेवा प्रदान गर्दै आएको छ । १४ लाख ग्राहक रहेको बैंकले सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा शाखा कार्यालय थप्दै आएको छ ।

























