काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाजुरामा नौ महिनामा १९ हजारको स्वास्थ्य बिमा

12.14K
shares

बाजुरामा चैतदेखि सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी देखिएको छ । स्वास्थ्य बिमा गर्नका लागि उत्साहित बन्दै गएको पाइएको हो ।

सामाजिक सुरक्षा विकास समितिले २०७४ चैतदेखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म १९ हजार ६०९ जना आबद्ध भइसकेका छन् । स्वास्थ्य बिमामा आबद्ध हुन जिल्लाबासीहरू उत्साहित देखिएको बाजुराका बिमा दर्ता अधिकारी तारा रोकायाले जानकारी दिए ।

उनका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बडिमालिका नगरपालिकाबासीले बिमा गरेका छन् । बडिमालिकामा चार हजारभन्दा बढीले स्वास्थ्य बिमा गराएका छन् ।

असार मसान्तसम्म ६ हजार १८२ जना नागरिकले स्वास्थ्य बिमा गराएका हुन् भने साउनदेखि पुस ५ गतेसम्म १३ हजार ५०८ जना नयाँ स्वाथ्य बिमा गर्ने नागरिक थपिएको दर्ता अधिकारी रोकायाले बताए ।

आर्थिक रूपमा विपन्न र गरिब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट बाजुराका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गर्न थालेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउनेको संख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए । उनले बिमा गराएका बिरामी उपचार गर्न प्रतिदिन १५ देखि २० जनाको हाराहारीमा उपचारका लागि आउने गरेको बताए ।

कार्यालय प्रमुख विश्वकर्माले कोल्टीमा स्वास्थ्य केन्द्रको आफ्नै फार्मेसी नहुँदा स्वास्थ्य बिमा सेवा प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरे । बिमितहरू स्थानीय स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि नपाउँदा मार्तडीमा आएर उपचार गराउन बाध्य भएको डा. विश्वकर्माले बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार पाँच सय र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य चार सय २५ रूपैयाँका दरले शुल्क बुझाई बिमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको ५० हजारसम्मको उपचार खर्च निःशुल्क हुने नीति छ । जिल्लामा सुरू भएको स्वास्थ्य बिमामा अतिगरिब र मध्यम गरिबले नै सबैभन्दा बिमा गरेको पाइएको छ ।

स्वास्थ्य बिमा गरेपछि बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ सेवालगायत ३२ किसिमको सेवा प्रवाह निःशुल्क हुन्छ । स्वास्थ्य बिमाका लागि बिमा अभिकर्ताले घर–घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बिमा गराउन सहज भएको छ । (रासस)