काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

16.65K
shares

राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले जितेको छ । हजारौं दर्शकमाझ पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनल खेलमा आर्मी चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३–२ को सेटमा पराजित गरेको हो ।

आर्मीले एपिएफलाई १८–२५, २५–१९, २५–१८,१८–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधिसहित दुई लाख पुरस्कार हात पार्न सफल भएको छ । उपविजेता एपिएफले एक लाख नगदसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको हो ।

प्रतियोगितामा विभागीय टोलीकै वचश्र्व रह्यो । अर्को विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ । शनिबारको खेलमा पुलिसले मनिमुकुन्द भलिबल क्लब बुटवल, रुपन्देहीलाई ३–० को सोझो सेटमा पराजित गर्दै ५० हजार पुरस्कार प्राप्त गरेको हो । शान्त्वना भएको मनिमुकुन्दले २५ हजार प्राप्त गर्यो ।

प्रतियोगितामा आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले २५ हजार पुरस्कार हात पारे । त्यसैगरी उत्कृष्ट स्पाइकरमा आर्मीका मानबहादुर श्रेष्ठ, उत्कृष्ट ब्ल्करमा एपिएफका विजय थापा, उत्कृष्ट सेटरमा पुलिसका यम राना, उत्कृष्ट लिब्रोमा आर्मीका ईश्वर आले, उत्कृष्ट सर्भरमा पुलिसका कुलबहादुर थापा (हरि), उत्कृष्ट प्रशिक्षकमा आर्मीका कपिलकिशोर श्रेष्ठ घोषित भए । उनीहरुलाई जनही ५ हजारको साथमा ट्रफी प्रदान गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा पोखरामा भएको प्रतियोगितामा तीन विभागीयसहित आठ टिमको सहभागिता थियो ।