टी–ट्वान्टी क्रिकेट सिरिजमा बंगलादेशविरुद्ध वेस्टइन्डिजको जित
वि.सं.२०७५ पुस ८ आइतवार १३:२३
shares

टी–ट्वान्टी क्रिकेट सिरिज वेस्टइन्डिजले बंगलादेशलाई पराजित गरेको छ । शनिबार भएको खेलमा वेस्ट इन्डिजले ५० रनको जित निकाल्दै सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेल वेस्ट इन्डिजले जितेको थियो भने दोस्रो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।
शनिबारको खेलमा पहिला ब्याटिङ गर्दै १९० रन बनाएको वेस्ट इन्डिजले बंगलादेशलाई १७ ओभरमा १४० रनमा समेटेको हो । बंगलादेशका लागि लिन्टन दासले सर्वाधिक ४३ रन बनाउँदा अबु हैदर २२ रनमा नट आउट रहे ।
वेस्टइन्डिजका किमो पौलले सर्वाधिक ५ विकेट लिँदै सनसनी मच्चाएका थिए । पौलले १५ रन खर्चिएर महत्वपूर्ण ५ व्याट्सम्यानलाई पेभेलियन पठाएका थिए । वेस्टइन्डिजका लागि इभन लुईसले ८९ रन बनाउँदा निकोलास पुरनले २९ रन बनाए ।

























