जर्मन पत्रकार जो ११ वर्षदेखि ‘फेक न्युज’ लेख्थे !
वि.सं.२०७५ पुस ८ आइतवार १९:२३
shares

जर्मनीके प्रतिष्ठित म्यागजिन देर स्पीगलका अनुसार उसका ‘स्टार रिपोर्टर’ क्लास रिलोसस ११ सालदेखि फेक न्युज (झुठो समाचार) लेख्दै आएका थिए । पत्रिकाले उनलाई निकालिदिएको पनि उल्लेख गरेको छ ।
ती ३३ वर्षिय पत्रकारले विभिन्न प्रतिष्ठित पुरस्कार पनि पाएका थिए । तर, उनले फेक न्युज लेखेको सार्वजनिक भएपछि उनले ति पुरस्कारहरू फिर्ता गरेका छन् ।
जर्मन मिडिया, जर्मन नागरिक तथा युरोपेली मिडियामा क्लास प्रतिष्ठित पत्रकारका रूपमा चिनिन्थे । तर, उनले फेक न्युज लेखेको खबरसँगै उनले आफूले पाएको पुरस्कार फिर्ता गर्ने घोषणा गरे । जसका कारण उनको प्रतिष्ठामा असर पर्ने देखिन्छ ।
क्लासले सिएनएनको जर्नलिस्ट अफ दि इयर, युरोपियन प्रेस प्राइज जस्ता प्रतिष्ठित पुरस्कार र सम्मान पाएका थिए ।
देर स्पीगलका प्रधान सम्पादक उलरिच फिचनरका अनुसार कुनै पनि रिपोर्टरले यसो गर्नु दुःखद हो । उनले पत्रिकाको ७० वर्षे इतिहासमा यस्तो कहिल्यै नभएको उल्लेख गरेका छन् । बिहीबारको एक लेखमा पत्रिकाले आफूउपर सवाल खडा भएको स्वीकार गरेको छ ।

























