काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संगठन सुदृढीकरणमा जुट्यो संघीय फोरम

13.73K
shares

संघीय समाजवादी फोरम नेपालले विराटनगरमा संगठन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । पार्टीको विराटनगर–१२ नम्बर वडा कमिटीले केन्द्रीयस्तरका नेताहरुको उपस्थितिमा कार्यक्रम गरेको हो ।

पार्टीका कार्यकर्तालाई थप सशक्तीकरण गर्न र अन्य पार्टीबाट आएकालाई स्वागत गर्न कार्यक्रम गरिएको आयोजक वडा कमिटीका अध्यक्ष कृष्णकुमार भण्डारीले जानकारी दिए । संघीय समाजवादी फोरम नेपालका प्रदेश १ संसदीय दलका नेता जयराम यादव, केन्द्रीय सदस्य भुराज राई, वडा नम्बर १२ का अध्यक्ष हीरालाल कामत र समाजवादी विद्यार्थी फोरमका अरविन्दकुमार मण्डललगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका थप सशक्त बनाएर लैजानुपर्ने बताए ।

उनीहरुले उत्पीडित र उपेक्षित समुदायको थप अधिकार सुनिश्चित गर्न संगठित पहल आवश्यक रहेको धारणा राखे । कार्यक्रममा अन्य पार्टीबाट आएका एक सयभन्दा बढी कार्यकर्ताले पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम नेपालले जनाएको छ ।