काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनएमबि बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

13.92K
shares

एनएमबि बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ ८२ पैसा कायम भएको छ । एनएमबिको सेयर कारोबार मंगलबार यही मूल्यलाई आधार मानेर खुल्यो । यसको औसत आधार मूल्य ३७१ रुपैयाँ ९१ पैसा छ । बैंकले मंगलबार (पुस १० गते) देखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गते वार्षिक साधारणसभा भएकाले बैंकले १० गते बुक क्लोज गरेको हो ।

बैंकले बोनसका लागि ८७ करोड ४३ लाख ७८ हजार ४२२ रुपैयाँ तथा नगद लाभांश वितरणका लागि १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८४५ रुपैयाँ विनियोजन गरेको छ ।

यस बैंकको वार्षिक साधारणसभा यही पुस २६ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लबमा हुँदैछ । साधारणसामा बैंकले लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेलगायतका महत्वपूर्ण प्रस्ताव पेश गर्ने छ ।

८ अर्ब ७४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबि बैंकले लाभांस वितरण गरेपछि चुक्ता पुँजी बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुग्ने छ । यस बैंकले एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ  बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७५ पैसा छ ।