काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार ५ अंकले घट्यो

11.49K
shares

सेयर बजार परिसूचक नेप्से मंगलबार ५ अंकले घटेको छ । नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।

मंगलबार बैंक, वित्त, बिमा, जलविद्युतलगायत सबै समूह घटेपछि नेप्से ५.७१ अंकले घटेर ११८६.०३ अंकमा झरेको छ । आइतबार ३२ अंकले बढेको बजार सोमबार पनि सामान्य घटेको थियो ।

नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । मंगलबार ४२ करोड १३ लाखको सेयर कारोबार भएको छ । सोमबार ७९ करोड ८७ लाखको सेयर किनबेच भएको थियो ।