काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयले जवाफ दिँदै

13.92K
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

मंसिर २९ देखि आठ दिनसम्म चलेर आइतबारदेखि ठप्प बैठक आज बसिरहेको छ । पार्टी एकताको आठ महिनापछि पहिलोपटक सत्तारूढ नेकपामा राजनीतिक र सांगठनिक बहस आरम्भ भएको हाे । बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालनको शैलीप्रति असन्तुष्टि जनाएका छन् ।

बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको आरोप लागेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै फरक कित्तामा उभिएका छन् ।

गौतमले बैठकमा १६ पृष्ठ लामो छुट्टै प्रतिवेदन पेश गरेका छन् । त्यसमा नेतृत्वको तीव्र आलोचना गरिएको छ । पूर्व एमालेभित्रको केपी ओली पक्षका नेताहरुले भने अध्यक्षद्वयको प्रतिवेदनका साथै सरकारको बचाउ गरेका छन् ।

बिहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको बताइएको छ । स्थायी कमिटी बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बोलाइएको छ ।