काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वाइडबडी विमान खरिद प्रकरणबारे मन्त्री अधिकारीले झूटो बोले : महालेखा परीक्षक

14.41K
shares

नेपाल वायु सेवा निगमको दुई वाइड बडी विमान खरिद प्रकरणबारे दिएको अभिव्यक्तिले संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी विवादमा तानिएका छन् ।

अधिकारीले संसद्को सार्वजनिक लेखा समितिमा दिएको बयानको २४ घण्टा नबित्दै महालेखा परिक्षक टंकमणि शर्माले मन्त्रीको भनाइको खण्डन गरेका छन् । शर्माले समितिका पदाधिकारीलाई भेटेर आफूले कुनै सरकारी अधिकारीलाई सुझाव नदिएको बताएका छन् ।

शर्माले सो विषयमा पत्रसमेत दर्ता गराएका छन् । मन्त्री अधिकारीले महालेखा परीक्षकसँग सल्लाह गरी विमानको बाँकी रकम भुक्तानी दिएको बयान मंगलबार समितिले गठन गरेको वाइडबडी छानबिन उपसमितिमा दिएका थिए ।

महालेखा परीक्षकको कार्यालयले वाइडबडी विमान खरिद र रकम भुक्तानीका क्रममा कुनै निकायलाई राय, सल्लाह र सुझाव नदिएको स्पष्ट पार्दै लेखा समितिको सचिवालयमा पत्र दर्ता गराएको हो ।