काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टुँडिखेल वरिपरी यात्रु चढाउने र ओराल्ने स्थान परिवर्तन

16.53K
shares

ट्रफिक प्रहरी महाशाखाले उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन गरेको छ । रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएकोमा मंगलबार र बुधबार यात्रुहरुले विरोध गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो ।

उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चापसँगै महाशाखाले सवारी साधनले टुँडिखेल वरिपरी एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको नयाँ व्यवस्था गरेको ट्रफिक महासाखा प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार पन्तले बताए ।

सीमित साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृत्तिका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपूर्ण बन्दै गएको उनले बताए ।

काठमाडौं उपत्यकाको शहरी विकासको अनुपातमा सडक विस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु, विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेन्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुँच हुनु, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन सञ्चालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी पद्धतिमा प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि विद्यमान रहेकाले सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दीर्घकालीन कार्ययोजना तयार नगरेका कारण समस्या आएको उनले बताए ।

महाशाखाले सामाखुसी यातायात व्यवसायी संघ, नेपाल सार्वजनिक माइक्रो व्यवसायी संघ, बालाजु मिनिबस समिति र तारकेश्वर यातायातका सवारी साधनको लागि बस स्टप १ (काठमाडौं महल आरएनएसी अगाडि) तोकेको छ ।

दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन बंगलामुखी यातायत, सिटी यातायात र अन्नपूर्ण सेवाका सवारी साधनको लागि बस स्टप २ (काठमाडौं महल आरएनएसी अगाडि) रहेको उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ ।