काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्मचारी पदपूर्तीमा अनियमितता भएको भन्दै अख्तियारद्वारा मुद्दा दायर

10.12K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घोडाघोडी नगरपालिका कैलालीमा कर्मचारी पदपूर्ति गर्दा अनियमितता गरेको आरोपमा पदपूर्ति समितिका अध्यक्ष चन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार शहरी स्वास्थ्य विषयमा प्रकाशित विज्ञापनमा चलेखल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

विज्ञानमा सफललाई वैकल्पिक र वैकल्पिकलाई सफल गराइएकाले छानबिन गरिपाउँ भन्ने उजुरी परेपछि घोडाघोडी नगरपालिकाको अनमी पदको अन्तर्वार्तामा पदपूर्ति समितिका अध्यक्ष चौधरीले सफल व्यक्तिलाई वैकल्पिक र वैकल्पिक व्यक्तिलाई सफल बनाई अन्तर्वार्ताको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
रासस