काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउने

16.19K
shares

पूर्वाञ्चल विश्वविद्यालयले २५ औं वार्षिकोत्सव एवम् रजत महोत्सव-२०७५ भव्य रुपमा मनाउने तयारी गरेको छ ।

पुस १९ गते मनाउने सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि हुने र विश्वविद्यालय स्थापन एवम् सञ्चालनमा सहयोग पुर्याउनेलाई सम्मान, विश्वविद्यालय दीर्घसेवा गरेका प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायतका कार्यक्रम हुने तय भएको उपकुलपति प्राध्यापक डाक्टर घनश्यामलाल दासले विराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाल सरकारले ८ सय ५ विघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाँउ परिसरको समग्र शैक्षिक एवम् प्राज्ञिक विकासलाई लक्षित गरी एमबीवीएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आंगिक क्याम्पसहरुको विकास गर्दै लैजाने लक्ष्य राखी नौ वटा आंगिक क्याम्पसकसो विकास एवम् सम्बर्द्धनमा विश्वविद्यालय अग्रसर छ ।

रजत महोत्सवको अवसरमा विश्वविद्यालयका ६ वटा संकाय अन्तर्गत ८० वटा व्यावसायिक र प्राविधिक विषयका कार्यक्रमहरु सञ्चालन भइरहेको र १ सय २१ वटा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरुको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजनाहरु रहेको उपकुलपति दासले जानकारी दिए ।