काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानन्यायाधीशमा चोलेन्द्र सर्वसम्मत

16.17K
shares

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको सर्वसम्मत अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई सर्वोच्चको प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।

समितिले जबराको सुनुवाइका क्रममा उजुर माग गर्दा ९ वटा उजुरी परेका थिए । ति उजुरीमाथि पनि समितिले छानबिन गरेको थियो ।

यसअघि दीपकराज जोशीलाइ सर्वोच्चको प्रधानन्यायाधीशमा समितिको दुई तिहाईले अस्वीकार गरेपछि ओमप्रकाश मिश्र सर्वोच्चका प्रधानन्यायाधीश भएका थिए । मिश्र पछि जबराले सर्वोच्च सम्हाल्ने छन् ।