गण्डकी प्रदेश : माघे सक्रान्तिमा सार्वजनिक विदा
वि.सं.२०७५ पुस २५ बुधवार २३:२३
shares

गण्डकी प्रदेश सरकारले प्रदेशभर माघे सक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधबार एक सूचना जारी गरी यस्तो जानकारी दिएको हो ।
२०७५ साल माघ १ गते मंगलबार माघे सक्रान्ति/माघी पर्व परेकाले उक्त दिन गण्डकी प्रदेशस्थित सबै शैक्षिक संस्था सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

























