मेडिसिटीमा हरेक शुक्रबार निःशुल्क मुटु परामर्श
वि.सं.२०७५ पुस २५ बुधवार २३:३९
shares

नेपाल मेडिसिटी अस्पतालले नयाँ वर्ष २०१९ को उपलक्ष्यमा प्रत्येक शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मुटुरोग विशेषज्ञहरुसँग निःशुल्क परामर्श प्रदान गर्ने भएको छ । मुटुरोगको परामर्शको आवश्यकतालाई मध्यनजर गरी अस्पतालले सर्वसाधारणका लागि विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
अधिकांश मानिसमा मुटुरोगको लक्षण महसुस नहुने र समस्या हुँदाहुँदै पनि त्यसबारेमा अवगत नहुने भएकाले मुटुसम्बन्धी समस्या या मुटुरोग बढ्दै गएका कारण यो अभियानले बेलैमा समस्याको पहिचान र उपचारमा टेवा पुग्ने विश्वास अस्पतालको छ । नेपाली समुदायमा अझै पनि समस्या नदेखिएसम्म अस्पतालमा उपचार गर्ने अभ्यास नरहेकाले स्वस्थ अवस्थामा पनि उपचार गरी ढुक्क रहन यस अभियानले प्रेरीत गर्नेमा अस्पतालका मुटुरोग विशेषज्ञहरुको अपेक्षा छ ।
मुटुसम्बन्धी समस्याको परामर्शका लागि आउनुपूर्व नाम दर्ता गर्न नेपाल मेडिसिटी अस्पताल व्यवस्थापनले अनुरोध गरेको छ । परामर्शसँगै थप परीक्षण गर्नुपर्ने खण्डमा अस्पतालले विशेष सहुलियतसमेत प्रदान गर्ने जनाएको छ । सो परीक्षणहरुमा इसिजी, इको, र्यान्डम ब्लड सुगर, लिपिड प्रोफाइल र क्रिएटिनाइन छन् । आगामी तीन महिनासम्मका लागि लागू हुने यस अवसरबाट मुख्यतः ४० वर्ष उमेरमाथिकाले बढी लाभ लिन सक्नेछन् ।

























