काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुम्दीकोटबाट देखिएको मनमोहक हिमश्रृङ्खला

357
shares

  पोखरा। पोखरा बजार नजिकैको पर्यटकीय गन्तव्य पुम्दीकोटबाट देखिने हिमशृङ्खलाको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

पोखरा बजारबाट करिब १३ किलोमिटर दूरीमा रहेको पुम्दीकोट धार्मिक तथा प्राकृतिक पर्यटनका लागि परिचित छ । यहाँ ५१ फिट अग्लो भगवान् शिवको मूर्तिसहित १०८ शिवलिङ्ग र अन्य धार्मिक संरचना निर्माण गरिएका छन् । पुम्दीकोटबाट हिमालसँगै फेवाताल, सराङकोट र पोखरा सहरको दृश्यसमेत देख्न सकिन्छ । धार्मिक संरचना र प्राकृतिक सौन्दर्यका कारण यहाँ आन्तरिक तथा विदेशी पर्यटक पुग्ने गरेका छन् ।