काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आज बिहान ११ बजे

966
shares

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज् बिहान ११ बजे सपथ ग्रहण गर्ने भएका छन् ।

मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले आइतबार बिहान ११ बजे प्रदेश प्रमुख कार्यालय परिसरमै सपथ ग्रहण कार्यक्रम राखिएको जानकारी दिए । उनले अहिलेसम्म मुख्यमन्त्री यादवले मात्र सपथ लिने बताए । उनका अनुसार मुख्यमन्त्री यादवले आन्तरिक छलफल गर्दै छन् र आज विहान ११ बजे भन्दा पहिलेसम्म टुंगो लागेमा सानो मन्त्रिपरिषद विस्तार हुने सम्भावना पनि रहेको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज (शुक्रबार) संविधानको धारा १६८ को ३ बमोजिम सबै भन्दा ठूलो दलको हिसाबले जनता समाजवादि पार्टी नेपालका संसदिय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । यस अघि शुक्रबार ४ बजेसम्म रहेको दाबी पेशको अवधिमा कुनै पनि दलले दाबी पेश गरेको थिएन ।