काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बम्जन आश्रम शंकाको घेरामा, सुकेको ढोड बाल्न मट्टितेलको प्रयोग

16.21K
shares

पछिल्लो समय विवादित बनेका ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा भएका भनिएका शंकास्पद गतिविधिका प्रमाण भेटिएको प्रहरी स्रोतले बताएको छ । स्रोतका अनुसार सिन्धुपाल्चोकको इनद्रावती गाउँपालिका-६ बाँडेगाउँस्थित उनको आश्रममा अनुसन्धानका लागि पुगेको प्रहरीले प्रमाण फेला पारेको हो ।

शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सिन्धुपाल्चोक प्रहरीको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । त्यहा भेटिएको सुराकका आधारमा उनिमाथि लागेका आरोपका समबन्धमा प्रमाण संकलन भएको प्रहरी स्रोतको दावी छ । फरेन्सिक विज्ञसहित काठमाडौंबाट पुगेको सीआइबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आश्रममा छापा मारी प्रमाण संकलन गरेको थियो ।

नुवाकोटबाट बमजन आश्रममा गएका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरिएको आश्रममै रहेका एक प्रत्यक्षदर्शीले बताएपछि प्रहरीले छापा मारेको बताइएको छ । अनुयायीको जानकारीपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान थालेको हो ।

सञ्चलाल पछिल्लो पटक २०७१ चैत १५ परिवारको सम्पर्कमा थिएका थिए । बमजन आश्रममा रहेका उनी त्यसपछि त्यहीँबाट सम्पर्कविहीन भएका थिए ।

bomjan-newskarobar (1)
आश्रमका सञ्चालक कमानसिंह लामा

अनुयायीले दिएको जानकारीअनुसार सीआईबीसहितको टोलीले सञ्चलालको हत्या भएको भनिएको आश्रमको सम्भावित स्थान उत्खनन गरेको हो । खाडल उत्खनन् क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर मानव कंकाल भने फेला परेको छैन ।

नुनको प्याकेट खोलमा उत्पादन मिति सन् २०१५ लेखिएको छ । शव छिटो गलाउन नुन प्रयोग गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले न्युज कारोबारसँग भने, ‘मान्छे मारेको भन्ने हल्ला भएपछि, गाडिएको स्थानबाट शव निकालेर जलाइएको हुन सक्छ, त्यसैले मानव कंकाल फेला पर्न सकेन ।’ शवको अवशेष नभेटिए पनि प्रत्यक्षदर्शीले दिएको बयानका आधारमा घटनाका प्रारम्भिक सवुत मिलेको प्रहरीले बताएको छ ।

 

नुनको प्याकेट फेला पर्दा किन भेटिएन कंकाल ?

आश्रम क्षेत्रमा खानतलासी गर्दा र शंकास्पद स्थानमा खनेर हेर्दा अरु सबुत फेला परे पनि मानव कंकाल भेटिएको छैन । सानो हड्डी कुहिए वा गले पनि पनि ठूला हड्डी भेटिनु पर्ने थियो । तर त्यो पनि नभेटिएपछि, शव गाडेको ठाउँ उत्खनन् गरिएको र हड्डी जलाईएको हुन सक्ने सिआईबीका अधिकारीको आशंका छ ।

‘सञ्चलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव गाडेको ठाउँबाट कंकाल तथा हड्डी उत्खखन गरे, नजिकै जंगलमा लगेर जलाए, त्यो अनुमान हामीले गरेका छौं’ सिआईबीका एक उच्च अधिकारीले भने ।

bomjan-newskarobar (9)
बन्दा रोपिएको आश्रमक्षेत्र

उत्खननको प्रमाण मेट्न बन्दा रोपियो

सञ्चलालको हत्या गरी शव गाडिएको हल्ला चलेपछि बम्जनका सहयोगीले शव गाडिएको ठाउँमा उत्खनन् गरेको प्रहरीको अनुमान छ । प्रहरीले शव भएको आशंकामा उत्खखन गरेको ठाउँ र वरपर बन्दाकोभी रोपिएको छ ।

बन्दाकोभीका विरुवा हेर्दा भर्खरै, दुई तीन दिनअघि रोपिएको जस्तो देखिन्छ । उत्खनन् गरेको थाहा हुने भएपछि खाल्डो पुरेर सम्म बनाई वपरपर समेत खनेर बन्दाकोभी रोपिएको हुनसक्ने प्रहरीको आशंका छ ।

 

ढोड बाल्न मट्टीतेल र काठका मुडा प्रयोग

गाडिएको ठाँउबाट शवको कंकाल उत्खन्न गरेर जलाईएको हुनसक्ने प्रहरीको अनुमान छ । स्थलगत रिर्पोटिङको क्रममा आश्रमको ८० रोपनी क्षेत्रफल जग्गा मध्ये अधिकांश स्थान अवलोकन गर्दा थुप्रै शंकास्पद प्रमाणहरु भेटिएका थिए ।

आश्रममा रहेका उनका सहयोगीहरुका गतिविधि समेत शंकास्पद थिए । त्यहाँ भेटिएका बस्तुका बारेमा शिष्य तथा सहयोगीलाई छुट्टा-छुट्टै सोध्दा फरक-फरक जानकारी दिन्थे । यसबाट पनि बमजनका सहियोगीहरुले धेरै कुरा लुकाएको प्रष्ट बुझिन्थ्यो ।

bomjan-newskarobar (11)
बलेको काठ र जर्किन

रिर्पोटिङको क्रममा शव गाडिएको आशंकामा प्रहरीले उत्खनन् गरेको ठाँउ भन्दा २ सय मिटर पर आश्रम पट्टी जंगलमा केही पोलिएको वा बालिएको ठाउँ भेटियो । आगो बालिएको ठाउँमा अंगार, खरानी तथा जलेका काठका दाउरा, मुडाहरु थिए । छेउमा एउटा आगोले पोलिएको ‘जर्किन’ पनि थियो ।

यसअघिनै कंकाल उत्खनन् गरेर कतै लगेर जलाइएको हुन सक्ने प्रहरीले बताएको थियो । काठका मुडा बालिएको ठाउँमा जर्किन भेटिएपछि, त्यसबोरमा हामीले जिज्ञासा राख्यौं । हाम्रो प्रश्न भुँईमा खस्न नपाउँदै आश्रममा खाना पकाउने एक महिलाले भनिन्, ‘जर्किनमा मट्टितेल ल्याइएको हो ।’

यो जवाफबाट आश्रमकै सञ्चालक मणि लामा, कमानसिंह लामालगायतको अनुहारको भाव बदलियो । सायद ती महिलाले मट्टितेल ल्याएको जर्किन भन्नु हुदैनथ्यो होला । त्यसैले कुनै रहस्य खुल्छ की भन्ने डरले अरुको अनुहारको भाव बदलियो । जवाफ सुनेपछि मणि र कमानसिंहले ती महिलातर्फ हेर्दै आँखा तरे ।

त्यसपछि ती महिलाले आफ्नो जवाफ सच्याउँदै भनिन्, ‘मकैको ढोड पोल्न मट्टितेल ल्याएको ।’ बम्जनका सहयोगीहरुले समेत उनको बोलीमा हो म हो थपे ।

उनीहरुले भनेजस्तै त्यहाँको अवस्था हेर्दा भने मकैको ढोड बालिएको जस्तो देखिन्थ्यो । तर केही काठका मुडा र दाउरा समेत बालिएको देखिन्थ्यो । हामीले त्यो स्थानको तस्बिर खिच्न थालेपछि ती महिलाले बालिएको काठ, दाउरा र मट्टितेलको जर्किन झाडीमा फालिन् । त्यही स्थानमा प्रहरीले खनेर खरानी परिक्षण गर्न लगेको थियो ।

ढोड बाल्न मट्टितेलको प्रयोग गरिएको भनिएपछि हामीसँगै गएका केही स्थानीयले समेत आशंका गरे । हिउँदको सुक्खा समयमा सुकेको ढोड जलाउन किन मट्टितेल प्रयोग भयो ? त्यो शंकाको विषय देखिएको छ ।

फोटो खिच्न लाग्दा आश्रमकै महिलाले समेत जलेका काठका मुडाहरु र मट्टितेलका जर्किन लुकाउनुले समेत त्यहाँ कुनै रहस्य लुकाईएको अनुमान गरिएको छ ।

bomjan-newskarobar (12)
आश्रमकी सहयोगी महिला

किन आत्तिए बमजनका सहयोगीहरु ?

उत्खनन् स्थलमै समेत स्थलगत अध्ययन गर्दा आश्रमका सञ्चालक, मणि लामा  र कमानसिंह लामाहरु निक्कै डराएका देखिन्थे । हतास देखिएका उनीहरुको अनुहारको भावमा कुनै चैन थिएन । कहिले यता, कहिले उता गएर टेलिफोनमा कसैलाई त्यहाँ भएका गतिविधिहरुबारे जानकारी गराउँदै गरेका जस्ता देखिन्थे ।

प्रहरीले उत्खनन् गरेको ठाउँमै उनीहरुसँग हामीले कुरा गर्दा केही झुट लुकाउने प्रयत्न गरेको स्पष्ट देखियो । आश्रमका सञ्चालक मध्येका एक कमानसिंह लामा हुन् । नुवाकोटका उनी पञ्चायतकाल देखिका राजनीतिज्ञ हुन् । नुवाकोटका पुराना राजनीतिज्ञ मध्येका एक रहेका उनी त्यहाँ प्रतिष्ठत व्यक्ति हुन् ।

प्रहरीले उत्खनन् गर्नुअघि त्यो जमीन खनिँदै नखनिएको उनले दावी गरे । तर ६ फिट मुनी केही काठका टुक्रा र चिलाउनेका कुहिएका गेडो भेटियो । यो क्षेत्र पहिलै खनिएको र केही गाडीएको अनुमान गर्न सकिने त्यहा गएका स्थानीयले अनुमान गरे ।

bomjan-newskarobar (10)
खाल्डोभित्र भेटिएको चिलाउनेको कुहिएको गेडो

बम्जन आश्रमका व्यक्तिहरुले यसरी झुट लुकाउन खाजे पनि पटक–पटक घटनाका प्रमाण फेला परेको छ । उनीहरुले भनेको र त्यहाँ देखिएको एक दुई वटा विषय फरक पर्नु संयोग मात्रै मान्न सकिएला । तर धेरै विषयहरु उनीहरुले दावी गरेभन्दा फरक भेटियो । जसबाट आश्रममा मान्छे बेपत्ता गरिएको आशंकालाई थप बल पुगेको छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँस्थित बमजनको आश्रममा कुनै ‘अस्वाभाविक घटना’ भएको टुङ्गोमा पुगेको प्रहरीले अनुसन्धानलाई तत्काल टुंगोमा पुर्याउनु जरुरी छ ।

 

को–को बेपत्ता पारियो बमजन आश्रमबाट ?

२०६९ सालदेखि २०७२ सालको बीचमा सञ्चलाल सहित अरु समेत बेपत्ता भएको आरोप लागेको छ । सुरेश आलेमगरको खोजीका लागि बारा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । सञ्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ)को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा उजुरी परेको छ ।

चुन्मा भनेर पनि चिनिने चिनीमाया तामाङको खोजीका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन् । फूलमाया र चिनीमायाँ हराएको आरोप आएपछि बम्जनका सहयोगीले उनीहरुलाई आफूहरुले नचिन्ने र आश्रममा नआएको दावी गर्दै आएका छन् । तर बाँडेगाउँ आश्रममा फूलमाया र चिनीमायाँ बम्जनसँगै उभिएर खिचाएको फोटो पनि प्रहरीले भेट्टाएको छ ।

बेपत्ता भएका चारै जनाको खोजीमा प्रहरीले बम्जन आश्रमबारे जानकारी राख्दै आएका ‘सुराकी’ प्रयोग गरेको छ । बमजनले तपस्वीका रूपमा आफूलाई चिनाउन सिन्धुपाल्चोक, मकवानपुर, बारा र सिन्धुलीमा आश्रम बनाएका छन् । उनी अहिले सिन्धुलीको आश्रममा छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ, बम्जनको रहस्यमयी आश्रम, यस्ता भेटिए शंकास्पद गतिविधि