ग्लबोल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड, सेयरधनीलाई १६ प्रतिशत लाभांश
वि.सं.२०७५ पुस २८ शनिवार १४:१४
shares

ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । १२औँ बार्षिक साधारण सभामा लाभांस पारित गरिएसँगै चुक्ता पूँजी बृद्धि भएको हो ।
गत आर्थिक बर्ष २०७४–०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकका १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि कार्यालय छन् । साढे नौं लाख ग्राहक पुगेको बैंकले जनाएको छ ।

























