काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जग्गाको कित्ताकाट खुल्यो, खेतियोग्यबाहेकको जमिन खण्डिकरण गर्न पाइने

19.49K
shares

सरकारले जग्गाको कित्ताकाटमा फुकुवा गरेको छ । डेढ वर्षदेखि रोकिएको कित्ताकाट शुक्रबारबाट फुकुवा भएको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर २०६३ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिएकी हुन् । स्थानीय तहले खेतियोग्य जमिन नभएको पुष्टि गरी सिफरिस गरेमा कित्ताकाट गर्न पाइनेछ । स्थानीय तहले कृषि, वन, नापी, जग्गा प्रशासन र सहरी विकाससम्बन्धी प्राविधिक रहेका प्राविधिक समिति गठन गरी जग्गाको वर्गीकरण गर्नेछ । साउन २६ गतेपछि जग्गा खण्डीकरणसम्बन्धी जारी गरिएका सम्पूर्ण निर्देशन खारेज गरिएको उनले घोषणा गरिन् ।

घर व्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि निर्णयको पुनर्विचार गरिएको अर्यालको भनाइ छ । सर्वोच्च अदालत, संसद सचिवालय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रको निर्देशनमा नै कित्ताकाट खुला गरिएको मन्त्री अर्यालको दावी छ ।

सरकारले योजना बनाएअनुसार कित्ताकाट हुने मन्त्री अर्यालको भनाइ छ । कृषियोग्य जमिनको खण्डिकरण भने गर्न पाइने छैन । खेतियोग्य जमिन कित्ताकाट गरी घडेरीको प्रयोजनका लागि बिक्री भए सो जग्गा पास नहुने मन्त्री अर्यालले बताइन् । कित्ताकाट खुला गर्ने निर्णय अस्थायी भएको उनको भनाइ छ ।