काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थारू समुदायमा चुनिए ‘महतवा’

12.01K
shares

सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित डगौरा थारू समुदायले सर्वसम्मत रुपले अगुवा चुनेका छन् । थारू कल्याणकारिणीसभा सुर्खेतले माघी मिलन कार्यक्रमका अवसरमा २५ थारू गाउँमा महतवा र अगुवा चुनिएको जानकारी दिएको हो ।

यस वर्षका लागि वीरेन्द्रनगर नगरपालिका-१० मा चन्द्रबहादुर थारू महतवा र बुद्धि चौधरी अगुवा चुनिएका छन् । त्यस्तै नयाँ गाउँमा बालकृष्ण चौधरी, पदमपुरमा दुर्गाबहादुर थारू महतवा र गङ्गाराम चौधरी अगुवा, पातलगङ्गामा धनिराम चौधरी महतवा र टमबहादुर चौधरी अगुवा चुनिएका छन् । गाउँमा कुनै विषयमा बेमेल, झैझगडा भए महतवाको अध्यक्षतामा मिलाउने गरिन्छ ।

सुर्खेत कर्णाली प्रदेशमै थारूको बसोवास रहेको एक मात्र जिल्ला हो । यहाँका थारू समुदायले माघ-२ देखि अगुवा चुन्न सुरु गर्दछन् । सभाका सल्लाहकार जागुराम थारूले आफूहरुले माघलाई नयाँ वर्षका रुपमा मनाउनुका साथै अगुवा पनि चुनिने बताए ।

‘नयाँ अगुवा र महतवाले समुदायका लागि नयाँ योजना बनाउनुहुन्छ’, उनले भने, ‘यसअघि बनाइएका राम्रा नीति–नियम लागू गराउने दायित्व पनि अगुवाहरुकै हो ।’ राम्रो काम गर्नेलाई निरन्तरता दिने प्रचलन छ । (रासस)